हिमालयन एभरेस्ट इन्स्योरेन्सको सीईओमा अन्जु श्रेष्ठ नियुक्त

काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अन्जु श्रेष्ठ नियुक्त भएकी छन् । सञ्चालक समितिको भदौ २७ गते बसेको बैठकले कम्पनीको सीईओमा श्रेष्ठलाई नियुक्त गरेको हो ।

उनी कम्पनीमा नायव प्रमुख कार्यकारी अधिकृत रहेकी थिइन् । उनले ४ वर्षको कार्यकाल सम्हाल्ने छिन् ।

नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृति भएपछि श्रेष्ठले कार्यभार सम्हाल्ने कम्पनीले जनाएको छ । यसअघिका सीईओ विजयबहादुर शाह बाहिरिएपछि श्रेष्ठले नै कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतको पद सम्हाल्दै आएकी थिइन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार