CLI

चालु संसद अधिबेशन अन्त्य गर्न सिफारिस

काठमाडौं । सरकारले जारी संसद्को वर्षे (बजेट) अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।  आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले संसद अधिबेश अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार, भदौ ३१ गते राति १२ बजेबाट अधिवेशन अन्त्य गर्ने गरी सिफारिस गर्ने निर्णय भएको हो।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन बोलाउने र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ।

सोहीअनुसार सरकारले राष्ट्रपतिसमक्ष अधिवेशन अन्त्यको सिफारिस गरेको हो।

चालू बजेट अधिबेशन वैशाख २८ गते बाट सुरू भएको थियो। सरकारको नीति कार्यक्रम बजेट र केही बिधेयेक यो संसदले पारित गरेको छ ।

पछिल्लो समयप्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सदन अवरोधको नीति लिएको थियो। सत्तापक्षले उपसभामुख इन्दिरा रानालाई हटाउने भनेपछि द्वन्द्व झन् चुलिएको थियो।

 

Leave Your Comment

Related News