संसद वैठक बस्दै, प्रधानमन्त्रीले संवोधन गर्ने

काठमाडौं ।  आज संघीय  संसदको प्रतिनिधिसभाको  बैठक १ बजे बस्दैछ । बैठकमा प्रधामन्त्री के पि शर्मा ओलीले संवोधन गर्ने कार्यसुची रहेको छ । प्रधानमन्त्री के.पी शर्मा ओलीले “राष्ट्रिय सुचना आयोगको बार्षिक प्रतिबेदन, आ ब २०७९\८० “पेश गर्ने आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने छन् ।

बैठकमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबीन बिशेष समितिका सभपति सुर्य बहादुर थापाले ‘ सहकारी संस्था बचत रकम दुरुपयोग सम्वन्धमा संसदीय छानबीन बिशेष समिततिको प्रतिबेदन २०८१’ पेश गर्ने छन् ।

कानून ,न्याय तथा स.सदीय मामिला मन्त्री अजय कुमार चौरासियाले कानून न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पति भएको विधायन विदयेक,२०८० माथि छलफल गरियोस भनी प्स्ताव पेस गर्ने , विधायन विधेयक,२०८१ लाई पारित गरियोस भनि प्रस्ताव पेश गर्ने छन् ।

संसदको प्रमुख प्रतिपक्ष दल नेकपा माओवादीले नेकपा एकालेका सांसदले बोल्ने क्रममा हिंसा शब्द उच्चारण गरेको  भनेर संसद अबरुद्   गरेको  छ । आज रातिबाट संसद अधिबेसन अन्त्य गर्न सरकारले राष्ट्रपतिलाई सिफारिस गरिसकेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार