बैंकहरुले घटाए ब्याजदर

काठमाडौं । वाणिज्य बैंकहरुले असोज महिनाको लागि निक्षेपको ब्याजदर घटाएका छन् । २० वटा वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर भदौको तुलनामा असोजमा औसतमा ०.१५ प्रतिशतले घटाएका हुन् । वाणिज्य बैंकहरुको भदौमा निक्षेपको औसत ब्याजदर ६.५३ प्रतिशत रहेको थियो । असोजमा निक्षेपको औसत ब्याजदर ६.३८ प्रतिशत रहेको छ ।

९ वटा वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाउदा २ वटा बैंकले भने निक्षेपको ब्याजदर बढाएका छन् । यसरी ब्याजदर बढाउनेमा नेपाल बैंक र कृषि विकास बैंक रहेका छन् । बाँकी बैंकहरुले भने भदौ र असोजलाई एउटै ब्याजदर कायम गरेका छन् । राष्ट्रिय वाणिज्य बैंक, एभरेष्ट बैंक, नेपाल एसबिआई बैंक्, सानिमा बैंक्, सिटिजन्स बैंक इन्टरनेशनल, प्राइम कमर्सियल बैंक, कुमारी बैंक एनएमबि बैंकले निक्षेपको ब्याजदर घटाएका हुन् । ग्लोबल आइर्एमइ, स्टाण्डर्ड चार्टर्ड बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, लक्ष्मी सनराइज बैंक, सिद्धार्थ बैंक, हिमालयन बैंक, माछापुच्छ«े बैंक र प्रभु बैंकले भने पुरानै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

बैंकिङ प्रणालीमा अधिक तरलता रहेको कारण ब्याजदरमा परिवर्तन आउन नसकेको हो । कर्जा प्रवाह गर्न नसक्दा बैंकहरुले ब्याजदर घटाउदै लगेका छन् । ब्याजदर घट्दा कर्जाको माग बढ्न सक्छ । बैंकमा निक्षेप राखेर ब्याज आम्दानी गर्नेहरुलाई नोक्सान हुने भएकाले प्रणालीमा निक्षेप संकलन घट्दै जान्छ । यसो हुँदा तरलता व्यवस्थापनमा सहज हुन्छ र समग्रमा ब्याजदर घट्दा लगानीको वातावरण बन्छ ।

राष्ट्र बैंकले बैकिङ प्रणालीमा अधिक तरलता भए पछि तरलता प्रशोचन गर्दै आएको छ । बैकिङ प्रणालीमा अधिक तरलता भए सँगै राष्ट्र बैंकले आइतबार १ अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार