सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बोनस शेयर घोषणा

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८०को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्सको सञ्चालक समितिको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले  शेयरधनीलाई चुक्ता पुँजीको १८.३८११ प्रतिशत बोनस शेयर  दिने निर्णय गरेको हो । इन्स्योरेन्सको चुक्ता पूँजी ४ अर्ब १८ करोड ४० लाखको १८.३८११ प्रतिशत बोनस शेयर वितरण गर्न लागेको हो ।

सञ्चालक समितिको प्रस्ताव नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृति भएपछि आगामी वार्षिका साधारणमा पेश गरिने कम्पनीले जनाएको छ । प्रस्तावित लाभांश साधारणसभाले पारित गरेपछि शेयर धनीमा वितरण हुनेछ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार