सिटी एक्सप्रेले गर्यो दशैं तिहार योजना सार्वजनिक,  “१८औं वर्षमा १८ गुणा , परिवारमा खुशी लाखौ गुणा”

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले महान चाड २०८१ सालको दशैँ, तिहार र छठलाई लक्षित गरेर १८ वर्ष प्रवेश गरेको अबसरमा ग्राहकवर्गहरुसंग पर्वको खुशी साट्न लगातार ९० दिन सम्म चल्ने “१८औं वर्षमा १८ गुणा , परिवारमा खुशी लाखौ गुणा” उपहार योजना घोषणा गरेको छ ।

सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत  हरेक महिना २ जनालाई सामसुङको स्मार्ट  फोन,  हरेक हप्ता २ जनालाई सामसुङको स्मार्ट टि भी साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेताहरुलाई  जनही रु ५०० को वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफुले पठाएको रकमको १८ गुणा बढी रकम पाउने योजनामा रहेको छ ।

कम्पनीका अनुसार यस “१८औं वर्षमा १८ गुणा , परिवार मा खुशी लाखौ गुणौ” अफर असोज १ देखि मङ्सिर ३० गते सम्म लागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु हुने छैन ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १८ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी पे बाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिकम्पनीले जनाएको छ  ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार