सहकारीको रकम गोर्खा मिडियामा आएको हुदाँ रवि लामिछानेको संलग्नता देखियो : लेखनाथ दाहाल

काठमाडौं । सहकारी ठगी छानबिन संसदीय विशेष समितिका सदस्य लेखनाथ दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारीको ६५ करोड खर्च गर्ने क्रममा संलग्न देखिएको बताएका छन् । दाहालले गोर्खा मिडिया प्रालिमा आएको उक्त रकम खर्च गर्ने क्रममा संलग्न देखिएको उल्लेख गरे ।

दाहालले सहकारीबाट रकम ल्याउने क्रममा लामिछानेको संलग्नता नभएको र गोर्खा मिडियामा आएपछि त्यसलाई खर्च गर्न भने उनी संलग्न देखिएकाले बताए । सोहीअनुसार कारबाही गर्न सिफारिस गरिएको उनले जानकारी दिए ।

“हामीले अहिलेसम्म प्राप्त गरेका प्रमाणहरू, पीडितहरूको बयान र अनुसन्धानका क्रममा जेजे र जसजसका जति कमजोरी भए, कमजोरीका आधारमा कानुनी कारबाही गर्न सिफारिस गर्ने भन्ने सन्दर्भमा हाम्रो सर्वसम्मति छ,” दाहालले भने, “लामिछानेजीको सहकारीबाट गोर्खा मिडिया प्रालिमा पैसा ल्याउने कुरामा संलग्नता देखिएको छैन । तर, गोर्खा मिडिया प्रालिमा आएको करिब ६५ करोड रकम खर्च गर्ने प्रक्रियामा उहाँको संलग्नता देखिएको छ ।”

समितिले लामिछानेले गरेको गैरकानुनी सेयर किनबेचसहितका कामबाट सहकारीको बचत अपचलन भएको पनि समितिको निष्कर्ष छ । “गैरकानुनी ढंगले नै कम्पनीमा सेयर किन्ने, सेयर बेच्ने र अरू गतिविधिमा पनि उहाँको संलग्नता देखिएकाले कानुनी कारबाहीका निम्ति सिफारिस गर्ने भन्ने विषयमा हामी सहमत छौँ,” दाहालले भने ।समितिका सदस्यहरूले आज बिहान ३ बजेसम्म बसेर प्रतिवेदन तयार पारेका हुन् ।

‘उनले समितिका सदस्यहरुले आइतबार राति ३ बजेसम्म बसेर प्रतिबेदन तयार पारेको समेत बताए । हामीले प्रतिबेदन तयार पारेका छौं, अब केही भाषा र शुद्धाशुद्धी हेरेर प्रतिवेदनमा हस्ताक्षर गर्न बाँकी छ,’ दाहालले भने ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार