सहकारी छानबिन समितिको प्रतिवेदनमा सम्पूर्ण सदस्यले गरे हस्ताक्षर

काठमाडौं । सहकारी ठगी छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदनमा हस्ताक्षर भएको छ । भाषा शुद्धीकरणसहितका विषयका कारण ढिला गरी प्रतिवेदनमा हस्ताक्षर भएको हो । समितिले २०० पृष्ठभन्दा लामो प्रतिवेदन तयार पारेको हो ।

समितिका सभापति सूर्य थापासहित सबै सदस्यको हस्ताक्षरसहितको प्रतिवेदन प्रतिनिधि सभामा सोमबार नै पेस गर्ने तयारी गरेका छन्।

समितिले तीन महिनामा ६६ वटा बैठक गरेको छ। सहकारीका बचत फिर्ता नपाएका पक्ष, सहकारी रकम अपचलनमा संलग्नको आरोपितहरू, सरोकारवालाहरू, सहकारी विभागलगायत विज्ञहरूसँग पनि समितिले छलफल गरेको थियो।

प्रतिनिधि सभाको जेठ १५ गते बसेको बैठकले उक्त समिति गठन गरेको हो। समितिलाई ३ महिनाको समयावधि दिएकामा १५ दिन थप गरिएको थियो। समितिमा नेपाली कांग्रेसबाट दिलेन्द्रप्रसाद बडू (बद्रीप्रसाद पाण्डे रहेकामा उनी मन्त्री बनेपछि बडूलाई बनाइएको), ईश्वरी न्यौपाने, नेकपा (एमाले) बाट सावित्रा भुसाल, माओवादी केन्द्रबाट लेखनाथ दाहाल (राजन), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट शिशिर खनाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुवबहादुर प्रधान सदस्य छन्।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार