५७ अंकले घट्यो नेप्से, करिब साढे ७ अर्ब मात्र कारोबार रकम

काठमाडौं । शेयर बजार सोमाबार पनि घटेको छ । सोमबार नेप्से परिसूचक ५७.०३ अंकले घटेर २५८०.७६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ८.५४ अंकले घटेर ४६०.११ विन्दुमा पुगेर बन्द भएको छ ।

नेप्से अरोलो लाग्दा कारोबार रकम समेत घटेको छ । सोमबार ३१२ वटा कम्पनीको १ करोड ७० लाख ६१ हजार ८०७ कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ७ अर्ब ३६ करोड १९ लाख ८८ हजार रुपैयाँ रह्यो । आइतबारको तुलनामा सोमबार २ अर्ब ९७ करोड ७२ लाख ४७ हजार रुपैयाँले कारोबार रकम घटेको हो । आइतबार १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार रुपैयाँ करोबार रकम रहेको थियो ।

सोमबार  १३ वटा समूह सूचकहरु घटेको छ । बैकिङ २४, विकास बैंक १४३, वित्त १८७, होटल र पर्यटन १८४, जलविद्युत ७५, लगानी ३, जीवन बीमा २४३, उत्पादन र प्रशोधन १२०, लघुवित्त १२३, म्युअुचल फण्ड ०.२५, निर्जीैवन बीमा २५३, व्यापार १०३ र अन्य समूह ४७ अंकले घटेको हो ।

सोमबार सबैभन्दा बढी कारोबार हुनेमा सीइडीबी हाइड्रोपावार, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, नेपाल फाइनान्स, एनएलजी इन्स्योरेन्स कम्पनी र हिमालयन रिइन्स्योरेन्स रह्यो । सीइडीबी हाइड्रोपावारको ३१ करोड ११ लाख , सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको २७ करोड ४२ लाख, नेपाल फाइनान्सको २० करोड ९० लाख , एनएलजी इन्स्योरेन्स कम्पनीको १८ करोड २४ लाख र हिमालयन रिइन्स्योरेन्सको १४ करोड ७७ लाख रुपैयाँ बराबर करोबार भएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार