नेशनल लाईफको सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८०÷८१ मा तोकिएको बीमाशुल्क संकलन गरी मधेश प्रदेशबाट योग्य भएका १५० जना भन्दा बढी अभिकर्ताहरु, विभागिय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सिईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान कार्यक्रम गरेको हो  ।

सम्मान कार्यक्रममा मधेश प्रदेशबाट सिइओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरुलाई सिइओ क्लब सदस्यता वितरण गरिएको थियो भने सो प्रदेश बाट आफ्नो कोडमा र संजालमा प्रथम द्वितय र तृत्तिय हुन सफल अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत पनि गरिएको थियो ।

कार्यक्रममा  प्रमुख कार्यकारी अधिकृतले मधेश प्रदेशबाट नेशनल रत्न हुन सफल अभिकर्ताहरुलाई पनि नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, प्रमाणपत्र र खादाबाट सम्मान गरिएको थियो ।

समारोहमा प्रमुख कार्यकारी अधिकृतले अभिकर्ता सञ्जाललाई प्रविधिमैत्री र व्यवसायिक बनाउन थप लगानी गर्ने जानकारी गराउदै यसमा महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई कम्पनीले सँधै प्राथमिकतामा राख्ने प्रतिवद्धत्ता समेत व्यक्त गरका थिए ।

साथै सिईओ क्लब र नेशनल रत्न अन्तर्गत योग्य हुने अभिकर्ताहरुलाई प्रदेश स्तरिय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजना अनुसार मधेश प्रदेशमा पहिलो सम्मान कार्यक्रम राखिएको हो।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार