प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस

काठमाडौं । आज बसेको संबैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा पहिलो रोलक्रममा रहेका वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउतको नाम सिफारिस गरेको छ ।

संसदीय सुनुवाई समितिबाट पास  भएपछी राउतले आगामी २०८२ चैत ६ सम्म प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नेछन् । राउत २०१७ चैत ६ मा उदयपुरमा जन्मिएका हुन् । प्रधानन्याधीश र सर्वोच्च अदालतका न्यायाधीशको उमेर हद ६५ वर्ष रहेकाले उनले आगामी २०८१ चैत ६ सम्म प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने छन् ।

राउत २०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए । उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको नेपाल ल क्याम्पसबाट कानूनमा स्नातक गरेका छन् ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार