गरिमा विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा अनिल रेग्मी नियुक्त

काठमाडौं । गरिमा विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा  अनिल रेग्मी नियुक्त भएका छन् । उनलाई आज बसेको सञ्चालक समितिको बैठकले २०८१ आश्विन १ गतेदेखि लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

रेग्मी २ वर्षदेखि सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा सोही बैङ्कमा  कार्यरत थिए । उनले २०८० चैत्र १५ गतेदेखि कम्पनीको कम्पनी सचिवको जिम्मेवारी समेत सम्हाल्दै आएका थिए ।

नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीसँग तत्कालिन जनता बैंक  र तत्कालिन सेन्चुरी कमर्शियल बैंकमा ११ वर्ष सहित बैंकिङ्ग क्षेत्रको व्यवस्थापन तहका रही करिब १३ बर्ष कार्य गरको अनुभव रहेको छ । बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नुपूर्व लेखापरीक्षण तथा कन्सल्टेन्सी पेशामा आवद्ध रहेका उनीसँग बैंकिङ्ग लगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुको लेखापरीक्षण कार्य गरको अनुभव छ ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटाग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार