दिपलका इभीगाडीसँग जुनसुकै गाडी एक्सचेन्ज गर्न सकिने एक्चेन्ज मेला चल्दै

काठमाडौं । नेपालका लागि चांगान तथा दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले  ‘दिपल एक्सचेन्ज कानिर्भल’  सकीम ल्यायको छ । भदौ ३१ बाट सुरु मेला आगामी असोज ३ गतेसम्म काठमाडौं, गैरीधारास्थित सिल्भरओकमा चलिरहेको छ  ।

यो विशेष इभेन्टमा ग्राहकले आफ्नो कुनै पनि ब्रान्डका पुरानो गाडीलाई साटेर नयाँ ‘इन्टेलिजेन्ट, लक्जरियस र फस्ट–टाइम–इन’ नेपाल ‘फिचर–लोडेड’ दिपलका इभीहरु खरिद गर्न सक्ने कम्पनीले जनाएको छ  ।

कम्पनीका अध्यक्ष विष्णुकुमार अग्रवालले मेलाको उद्घाटनमा समारोहमा उद्घाटन गर्दै  ‘कानिर्भल अवधिभर आफ्नो जुनसुकै ब्रान्डको पुरानो गाडी नयाँ दिपल ईभीसँग साँट्न सकिन्छ । पुरानो गाडीको भ्यालुएनसका लागि नेपालकै प्रमुख ६ रिकन्डिसन हाउस सिल्भरओकमा छन् । एउटा मात्रै हैन ६ वटा रिकन्डिसन हाउसको उपस्थितिले ग्राहकलाई आफ्नो गाडीको उत्कृष्ठ भ्यालुएसन मिल्नेछ ।’

दिपल एक्सचेन्ज कार्निभलमा ग्राहकले प्रि–बजेट मूल्य ७१ लाख ९९ हजार रुपैयाँमा दिपलको निकै रुचाइएको प्रिमियम इभी एस ०७ खरिद गर्न सक्नेछन् । यसका लागि ग्राहकले रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको बेस्ट भ्यालुएसन पाउनेछन् । उनीहरुले थप एक्सचेन्ज बोनस पाउनेछन्, जसले ग्राहकलाई दिपल यात्रालाई थप सहज बनाउने कम्पनीको भनाइ छ ।

एक्सचेन्ज कार्निभलमा अनस्पट डेलिभरी, अनस्पट फाइनान्स र फ्रि एसेसोरिज पाउनुहुनेछ जसमा ३ किलोवाटको ट्राभल चार्जर र ७ किलोवाटको होम चार्जर पाउनेछन् । ग्राहकले गाडीको भ्यालुएसन र बुकिंगमा आकर्षक उपहार पाउनेछन् ।

नेपालमा एमएडब्लु वृद्धिले दिपल एस ०७ र एल ०७ गरी दुई मोडेल विक्री गर्दै आएको छ । यी इभीहरु एड्भान्स्ड फिचर, लक्जरियस इन्टेरियर र इन्टेलिजेन्ट डिजाइनमा आधारित छन् जसले नेपाली इलेक्ट्रिक सवारीसाधनको बजारमा नयाँ मापदण्ड स्थापित गरेको छ ।

निकट भबिश्यमा नै कम्पनीले डिप्पलका नयाँ भेरियन्टका कार नेपाली बजारमा ल्याई पुर्याउन अध्यक्ष वीण्णु अग्रवालले जानकारी दिए । कम्पनीले प्रत्येक महिना सर्भिस सेन्टर स?तापना गर्दै जान बताएको छ । कम्पनीको काठमाणडौ बाहिरका शहरहरुमा क्रमश आउटलेट स्थापना गर्दै जाने पनि बताएको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार