काठमाडौं । नेपाली बजारमा सोेमबार सुनको मूल्य मंगलबारका लागि घटेको छ । सोमबार हालसम्मकै उच्च मूल्यमा पुगेर रेकर्ड बनाएको सुनको मूल्य मंगलबार तोलामा ६ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार १ लाख ५७ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबारका लागि १ लाख ५६ हजार ७०० रुपैयाँ तोकिएको छ ।
यस्तै, आइतबार चाँदीको मूल्य प्रतितोला १० रूपैयाँले घटेको छ । सोमबार आइतबार प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि १ हजार ९०५ रुपैयाँ तोकिएको छ ।