प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले बोनस शेयर र नगद लाभांश प्रस्ताव गर्दै

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इनस्योरेन्सले बोनस शेयर र नगद लाभांश वितरण गर्ने योजनामा अघि बढाएको छ । कम्पनीको सातौं वार्षिक साधारण सभामार्फत् बोनस शेयर र नगद लाभांशको प्रस्ताव लैजाने भएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफाबाट हाल कायम रहेका चुक्ता पूँजीको १० प्रतिशतका दरले हुन आउने रकम बराबरको बोनस शेयर वितरण गर्ने तथा सो बापतको हुन आउने कर प्रयोजनको निमित्र ०.५२६ प्रतिशतको नगद लाभांश पारित गर्ने तयारी गरेको छ ।

त्यस्तै छठौं साधारण सभाबाट तत्कालिन चुक्ता पूँजीको १७ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय भएकोमा सो निर्णय पुनरावलोकन गरी बोनस शेयर वितरण पश्चात कायम हुन आउने चुक्ता पूँजीको ७ प्रतिशत बराबरको हकप्रद शेयर जारी गर्ने समेत बताइएको छ । बोनस शेयर तथा हकप्रद शेयर जारी पश्चात ५ अर्ब ५ करोड ६३ लाख ९२ हजार रुपैयाँ बराबर चुक्ता पूँजी कायम हुने बताइएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार