पौने ८ प्रतिशतले बढ्यो वाणिज्य बैंकहरुको नाफा,सबैभन्दा बढी नाफा कमाउनेमा ग्लोबल आइएमइ

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुको नाफा बढेको छ । राष्ट्र बैंकका अनुसार मुलुकमा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुको नाफा चालु आर्थिक वर्षको पहिलो महिनामा ७.६४ प्रतिशतले बढेको छ । यो सँगै वाणिज्य बैंकहरुको नाफा ९ अर्ब १७ करोड ६३ लाख रुपैयाँ रहेको छ जुन गत आर्थिक वर्षको साउनमा ८ अर्ब ५२ करोड ५० लाख रुपैयाँ रहेको थियो ।

राष्ट्र बैंकका अनुसार सबैभन्दा बढी नाफा कमाउनेमा ग्लोबल आइएमइ, नबिल , कृषि विकास र हिमालय लगायतका बैंकहरु रहेका छन् । गत वर्षको तुलनामा नाफा घटे पनि सबैभन्दा बढी नाफा कमाएको ग्लोबल आइएमइ बैंकले चालु आर्थिक वर्षको साउनमा ८९ करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको तुलनामा ग्लोबल आइएमइको नाफा १० प्रतिशतले घटेको हो अर्थात् गत साउनमा ९९ करोड २३ लाख रुपैयाँ नाफा रहेको थियो ।

चालु आर्थिक वर्षको साउनमा नबिलले ८० करोड ३३ लाख रुपैयाँ, कृषि विकास बैंकले ७१ करोड २० लाख रुपैयाँ, हिमालय बैंकले ५८ करोड ८० लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५७ करोड ७५ लाख रुपैयाँ, प्रभु बैंकले ५३ करोड ८१ लाख रुपैयाँ, कुमारी बैंक्ले ५० करोड ३५ लाख रुपैयाँ नाफा कमाएको छ । त्यस्तै प्राइम कर्मसियल बैंकले ५० करोड ५५ लाख रुपैयाँ, कुमारी बैंकले ५० करोड ३५ लाख रुपैयाँ, लक्ष्मी सनराइजले ४३ करोड ३२ लाख रुपैयाँ, एनएमबी बैंकले ४२ करोड ७२ लाख रुपैयाँ, एभरेष्ट बैंकले ४२ करोड २९ लाख रुपैयाँ, सानिमा बैंक्ले ३८ करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ ।

त्यस्तै राष्ट्रिय वाणिज्य बैंकले ३६ करोड ६ लाख रुपैयाँ, सिद्धार्थ बैंकले ३४ करोड ८८ लाख रुपैयाँ, सिटिजन्स बैंकले ३४ करोड २२ लाख रुपैयाँ, नेपाल एसबीआइ बैंकले ३३ करोड ३३ लाख रुपैयाँ , स्टान्र्डडचार्टर बैंकले ३१ करोड १५ लाख रुपैयाँ, एनआइसी एशिया बैंकले् २६ करोड ६३ लाख रुपैयाँ , नेपाल बैंकले २२ करोड ३९ लाख रुपैयाँ र माछापुच्छ«े बैंकले २० करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ ।

रकम दश लाखमा

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार