संविधान दिवसको अबसरमा नेपाल राष्ट्र बैंक कर्मचारी संघले अन्तरबैंक फुटसल टुर्नामेन्ट गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघ बालुवाटार समितिले संविधान दिवसको अवसरमा दोस्रो संस्करणको अन्तरबैंक फुटसल टुर्नामेन्ट सञ्चालन २०८१ सञ्चालन गर्ने भएको छ । असोज ३ मा सुरु हुने टुर्नामेष्ट असोज ५ सञ्चालन हुनेछ ।

खेलमा  “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरू महिलातर्फ २३ र पुरूषतर्फ  ३७ गरी जम्मा ६० वटा टिम सहभागी हुनेछन्। भदौ ३० गते उक्त टुर्नामेन्टको महिला तथा पुरूषतर्फको समूह विभाजन तथा ट्रफी सार्वजनिक गरिएको छ ।

खेलको मूख्य प्रायोजक प्रभु बैंक रहेको छ सह-प्रायोजकमा  कृषि विकास बैंक, लक्ष्मी सनराइज बैंक, एन.आई.सी एसिया बैंक, ग्लोबल आइ.एम.इ. बैंक, आइ.सि.एफ.सी फाइनान्स्, महालक्ष्मी विकास बैंक, नबिल बैंक, एन.एम.बि. बैंक, साइन रेसुंगा विकास बैंक, सिद्धार्थ बैंक र हिमालयन बैंक रहेका छन् ।

टुर्नामेन्टमा मेडिकल पार्टनरको रुपमा  ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. विभरेज पार्टनरमा  वोटलर्स नेपाल लिमिटेड र एसिएन थाइ फुड्स प्रा.लि. तथा बीमा पार्टनरको रुपमा राष्ट्रिय बीमा कम्पनी लिमिटेड रहनेछन् ।

विजेता टोलीले रु.१ लाख नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टोलीले रु.५० हजार नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

पुरुष तर्फको उपाधि रक्षाको लागि एन.आइ.सी एसिया बैंक तथा महिला तर्फको उपाधि रक्षाको लागि ग्लोबल आइ.एम.इ बैंकले प्रतिस्पर्धा गर्नेछन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार