CLI

२८ करोड रुपैयाँ बराबरको बोनश सेयर वितरण गर्दै साहज उर्जा

काठमाडौं । साहस उर्जा लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ ३१ गते बसेको संचालक समितिको बैठकले उक्त लाभांश घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले २८ करोड रुपैयाँ बराबरको बोनश सेयर वितरण गर्ने निर्णय गरेको छ । साथै, कम्पनीले प्रस्तावित बोनश सेयर को कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

आगामी साधारणसभाले पारित गरेपछि मात्रै लाभांश वितरण गरिने बताइएको छ । यसका लागि कम्पनीले कार्तिक ४ गते साधारणसभा बोलाएको छ । चार आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक आयोजना गर्ने गरी कम्पनीले साधारणसभा बोलाएको हो ।

साधारणसभाका लागि कम्पनीले असोज १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। कम्पनीको उक्त प्रस्तावित लाभांश नियमनकारी निकायको स्वीकृतिपश्चात आगामी वार्षिक साधारणसभामा प्रस्ताव पेस गर्ने निर्णय पनि कम्पनीले जनाएको छ।यसमा साधारण प्रस्तावहरूसँगै विशेष प्रस्तावहरू पनि पेश गरिने छन्।

साथै, विशेष प्रस्तावअन्तर्गत बोनस वितरणपछि कम्पनीले १:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव छ। जसले कम्पनीको चुक्ता पुँजीमा ठूलो वृद्धि हुनेछ। कम्पनीको अधिकृत पुँजी र जारी गर्ने पुँजीमा पनि संशोधनको प्रस्ताव गरिएको छ।

Leave Your Comment

Related News