सानिमाले बोनस सेयर घोषणा गर्दै

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १८.३८११ प्रतिशत बोनस सेयर घोषणा गर्ने तयारी गरेको छ । कम्पनीले आफनो सातौँ वार्षिक साधारणसभामार्फत् उक्त घोषणा गर्न लागेको हो ।

कम्पनीको भदौ ३१ गतेको सञ्चालक समिति बैठकले असोज २३ गते शंखमुलस्थित अनमोल बैंक्वेटमा बिहान ११ बजे साधारणसभा बोलाउने निर्णय गरेको हो।

कम्पनीले यसअघि नै १८.३८११ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरिसकेको छ। आगामी साधारणसभाले पारित गर्न बाँकी छ। त्यस्तै साधारणसभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने आव २०८९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने छ।

साविक रिलायन्स लाइफ र सानिमा को आव ०७९/८० को लेखा परिक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह वितरण गर्ने सम्बन्धका प्रस्ताव समेत सभाले पारित गर्ने भएको छ । कम्पनीले साधारण सभा प्रयोजननार्थ असोज ११ गते एक दिन लागि बुकक्लोज गर्ने भएको छ। असोज १० गतेसम्म कायम सेयरधनीले प्रस्तावित बोनस पाउनेछन् भने सभामा भाग लिन पाउनेछन्।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार