पौन ६ अर्बमा सीमित शेयर बजारमा यी हुन् २० उच्च कारोबार गर्ने कम्पनी

काठमाडौं । शेयर बजार निरन्तर आरोलो लागेको छ । साताको अन्तिम दिन बुधबार शेयर बजार ४ अंकले घटेर २५७६.७६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.१९ अंकले घटेर ४५९.९२ विन्दुमा पुगेर बन्द भएको छ ।आइतबार र सोमबार पनि शेयर बजार ओरालो लागेको थियो । बिहीबार भने संविधान दिवसको सार्वजनिक बिदा भएको हुदाँ नेप्से पनि बन्द हुनेछ ।

बुधबार सबैभन्दा बढी कारोबार हुनेमा सीइडीबी हाइड्रोपावार, नेपाल फाइनान्स, एनएलजी इन्स्योरेन्स कम्पनी , साहस उर्जा र गुडविल फाइनान्स रह्यो । सीइडीबी हाइड्रोपावारको २० करोड ५८ लाख, नेपाल फाइनान्सको १६ करोड ९८ लाख , एनएलजी इन्स्योरेन्स कम्पनीको १५ करोड ९५ लाख, साहस उर्जाको १३ करोड १ लाख र गुडविल फाइनान्सको १२ करोड ८२ लाख रुपैयाँ बराबर कारोबार भयो ।

बुधबार ३२० वटा कम्पनीको १ करोड ३९ लाख ५२ हजार १२१ कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ५ अर्ब ६६ करोड ९१ लाख ९४ हजार रुपैयाँमा सीमित भयो । जुन सोमबारको तुलनामा कारोबार रकम १ अर्ब ६९ करोड २७ लाख ९४ हजार रुपैयाँले कमी हो । सोमबार २ अर्ब ९७ करोड ७२ लाख ४७ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । बुधबार ७४ वटा कम्पनीको शेयर मूल्य बढ्दा १६३ वटा कम्पनीको शेयर मूल्य घटेको थियो भने ७ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको थियो ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार