अर्थ मन्त्रीको नेप्सेका अधिकारीहरुलाई प्रश्न : ३० अर्बको बजार कसरी ५ अर्बमा झर्यो ?

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल बुधबार शेयर बजार शेयर बजारको पछिल्लो  अवस्थाको बारेमा बुझनको लागि नेपाल स्टक एक्सेचन्ज (नेप्से) पुगेका छन् । नेप्से पुगेको मन्त्री पौडेलले शेयर बजारको पछिल्लो  अवस्था, बजार घटबढको बारेमा नेप्सेका अधिकारीहरु सँग छलफल गरेका थिए ।

छलफलको क्रममा उनले बजारको अवस्था, प्रणालीमा आएको समस्या लगायतका विषयको बारेमा नेप्सेका अधिकारीहरु सँग सोधपुछ गरेका थिए । नेप्से २९ सय माथि थियो अहिले २५ सय हाराहारी आएको छ , यस्तो उत्तार चढाव किन हो ? यो प्रश्नको जवाफ चाहिएको छ मलाई , मन्त्री पौडेलले नेप्सेका अधिकारीहरु सँग भने , यो जवाफ नपाएसम्म सोधिरहन्छु। यो जवाफ म आफैसँग खोज्छु। सचिवसँग खोज्छु। नेप्सेका कर्मचारीसँग खोज्छु।

शेयर बजारको चासो राख्ने साथीहरुले आफूलाई भेटेर राजनीतिक घटनाक्रमले शेयर बजार तलमाथि हुन्छ भन्ने जानकारी दिनु भएको भन्दै ३० अर्ब रुपैयाँ हाराहारी पुगेको शेयर कारोबार रकम ५ अर्ब रुपैयाँमा कसरी आउछ ?  ,पौडेले अघि भने , पूँजी बजारमा यस्तो प्रवृत्ति किन देखियो , मेरेमा मनमा सदैव यो प्रश्न उठ्छ यसको उत्तर खोज्ने जिम्मेवारी तपाईहरुको र मेरो पनि , समाधान दिनु पर्यो । आवश्यक कदम नेप्सेका अधिकारीहरुले चाल्नुपर्यो ।

टिएमएसमा समस्या आयो भन्ने थियो ? यो किन भयो,’ उनले नेप्सेका अधिकारीहरु सँग प्रश्न गरे,‘ यो प्रणालीले कति धान्छ? अपग्रेड गर्नुपर्ने हो । कारोबारको गोपिनियता कति छ? इन्साइडर ट्रेडिङको विषय, कर्नरिङको विषय र सामाजिक सञ्जालमा बजारलाई घटाउने प्रवृत्तिले कति काम गरेको छ ?

प्रविधिमा हामी के गर्छौं ‘टाइम ब्राउन्ड्री ’ लगाएर काम गर्नुपर्यो। जनशक्ति कम छ भने त्यसलाई कसरी गर्ने। विभिन्न टुल्सहरु प्रयोग गर्न सक्छौं जनशक्ति थप गर्न सक्छौं ।

मन्त्री पौडेलले नेप्सेले काम गर्ने तरिकाले लगानीकर्ताको विश्वास जित्नुपर्ने तथा लगानीकर्ताको लगानीको सुरक्षा र स्वच्छ प्रतिस्पर्धाको वातावरण हुनपर्ने गरी काम गर्न समेत अधिकारीहरुलाई निर्देशन दिए ।

शेयर बजारमा समस्या छन् होला त्यसलाई हेरर बस्न होइन समस्या खोज्ने बरु त्यसका लागि नेप्सेको नेतृत्व र नेपाल धितोपत्र बोर्ड (सेबोन) को नेतृत्वलाई समन्वय गरेर अघि बढ्न सक्छौं ।

कसैले अनुचित र अवाञ्छित तरिकाले बजार प्रभावित पार्न खोजिरहेका छ भने त्यो नेप्से र सेबोनको नोटिसमा आउनुपर्छ। बजारको विकासमा प्रतिकुल प्रभाव पार्ने विषयमा सबैको ध्यान जानुपर्छ, मन्त्री पौडेलले भने ,‘ हामीले पुँजी बजारको क्षेत्रमा राम्रो गर्न सके सम्भावना छ। अहिलेको सरकार बनेपछि लगानीकर्ताले विश्वास गरेका हुन भन्ने छर्लङ्ग छ। त्यसैले बजारको विकास गर्न सरकार तयार छ। ’

शेयर बजारको समस्यालाई मन्त्रालय र म आफैंले गम्भिर रुपमा लिएको उनले बताए । पर्दा भित्रबाट कसैले अवाञ्छित गतिविधि गरिरहेका छन् भने आजै देखि स्थान नपाउने गरि काम गर्न सेबोन, नेप्से र सिडिएसीलाई निर्देशित गर्दछु, मन्त्री पौडेलले भने ।

उनले अहिले नेपालको पुँजी बजार , बजारको सम्भावना र यसले भोगिरहेका समस्याका विषयमा संस्थागत र अन्य क्षेत्रमा पनि विभिन्न सुझाव टिप्पणी आउने गरेका समेत बताए । सरकार पुँजी बजारको दिगो, भरपर्दो र विश्वसनीय विकासको पक्षमा छ। दिगो, भरपर्दो र विश्वसनिय कसरी हुने भन्ने हाम्रा सामु प्रश्न छ, मन्त्री पौडेले भने । छलफलमा नेप्सका कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की, प्रवक्ता मुरारी पराजुलीले नेप्सको अवस्था र प्रणाली लगायतका विषयमा मन्त्री पौडेललाई जानकारी गराएका थिए ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार