सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेन कार्यान्वयनका लागि सम्वन्धित मन्त्रालयमा पठाइयो

काठमाडौं । सहकारी अपचलन सम्बन्धी संसदिय छानबिन समितिले संसद मार्फत सरकारलाई बुझाएको प्रतिवेदन आज बसेको मन्त्री परिषदको बैठकले  पारित गरेको छ ।

मन्त्रीपरिषद्ले पारित गरेसँगै सहकारीसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरूमा पठाएको छ ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले पठाएको प्रतिवेदन अगाडि बढाउने बताएका हुन् ।

सहकारी छानबिन समितिले सोमबार संसदमा आफ्नो प्रतिवेदन पेस गरेको थियो, जसलाई सभामुखले आवश्यक कारबाहीका लागि सरकारसमक्ष पठाउन निर्देशन दिएका थिए ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार