न्यादी हाईड्रोपावर लिमिटेडको लक इन अवधि समाप्त हुदै

काठमाडौं । न्यादी हाईड्रोपावर लिमिटेडको स्थानीय बासिन्दा, संस्थापक संस्थाका कर्मचारी तथा कम्पनीका कर्मचारीहरु लाई छुट्टयाईएको १करोड२७ लाख ९५ हजार कित्ता शेयरको लकइन अबधि सकिने भएको छ ।

सार्वजनिक निष्काशन गरी सर्वसाधारणमा बाँडफाँड गरिएको मितिले तीन वर्ष सम्म कम्पनीका संस्थापक, संस्थापक संस्थाका कर्मचारीहरु, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु तथा कम्पनीका कर्मचारीहरुले प्राप्त गरेको शेयर लक इनमा राख्नु पर्ने कानूनी व्यवस्था भए बमोजिम सो शेयर लक इनमा रहेको थियो । उक्त शेयरको २०८१ कार्तिक ४ गते लक इन अवधि समाप्त हुने भएको छ ।

लकइन अवधि समाप्त भएपनि  कम्पनीको संचालक समितिका पदाधिकारीहरु तथा उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीहरुले भने खरीद बिक्री गर्न पाउने छैनन्  ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार