नेपाल उद्योग वाणिज्य महासंघद्धारा विजनेस इन्टेलिजेन्स सिस्टम संचालनमा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले मंगलबारदेखि विजनेस इन्टेलिजेन्स सिस्टम (बीआईएस) को औपचारिक सुरुवात गरेको छ । महासंघका सदस्यहरुको डाटावेस, अध्ययन अनुसन्धान र कार्यालय व्यवस्थापनमा यसको प्रयोग गरिनेछ ।

यस प्रणालीमा महासंघका सदस्यहरुले समेत प्रयोग गर्न सक्ने गरि सम्पूर्ण सदस्यहरुको जानकारी राखिनेछ । महासंघमा अप्रत्यक्ष प्रत्यक्ष गरि करिब ६ लाख व्यवसाय आवद्ध छन्। ती सदस्यहरुको विवरण यस प्रणालीमा रहनेछ ।

यसैगरि नीतिगत सुझाव तयार पार्न वा अन्य आवश्यकता अनुसारको अध्ययन गर्न यस प्रणालीबाट सर्वेक्षण गर्न सकिने छ । नलेज प्ल्याटफर्मका रुपमा महासंघले गरेका अध्ययन र अन्य तथ्यांक र प्रकासन यस प्रणालीमा राखिनेछ । जुन सर्वसाधारणको पहुँचमा रहनेछ ।

यो प्रणालीको उदघाटन गर्दै महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले महासंघको अध्ययन अनुसन्धान र नीतिगत पैरवीमा यसले सहजता प्रदान गर्ने बताए ।

सो बीआईएस पोर्टल नेपाल उद्योग वाणिज्य महासंघका लागि एसिया फाउन्डेसन नेपालको प्राविधिक सहयोग र स्मार्ट सोलुसन्स टेक्नोलोजी प्रालिले तयार पारेको हो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार