लुम्बिनी इन्टिग्रेटेड एकेडेमीको ट्राफिक व्यवस्थापन सम्बन्धी अभिमुखीकरण सम्पन्न

काठमाडौं । लुम्बिनी इन्टिग्रेटेड एकेडेमी तिलोत्तमा-३ जानकीनगरले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन बिएएलएलबि प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरूको लागि सडक सुरक्षा र ट्राफिक व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ ।

कार्यक्रम नेपाल प्रहरी लुम्बिनी प्रदेशससँगको सहकार्यमा भएको थियो । कार्यक्रममा  नेपाल प्रहरीका एसपि श्याम खत्री प्रमुख बक्ता रहेका थिए । उनले  वर्तमान समयमा ट्राफिक प्रहरीको भूमिका,  राजमार्ग सुरक्षा र दुर्घटनामा युवाहरूले खेल्नुपर्ने भुमिका बारेमा बिध्यार्थीलाई जानकारि गराएका थिए ।

उनले आर्थिक २०८००८१ मा लुम्बिनी प्रदेशमा ११२० जनाको मानिस दुर्घटनाको कारणले मृत्यु भएको र धेरै मानिस हरू गम्भीर घाइते भएको रिपोर्ट प्रस्तुत गरेका थिए । कार्यक्रममा  अधिकांश दुर्घटना मानवीय कारणले हुने गरेकोले ट्राफिक सचेतना सम्बन्धी नेपाल प्रहरीले निर्माण गरेको भिडियो देखाउँदै ट्राफिक नियम उल्लङ्घन र दुर्घटना हुने कारणहरूको बारेमा विद्यार्थीहरुलाई सचेत गराइएको थियो।

अभिमुखीकरण कार्यक्रम पश्चात बिद्यार्थीले योगीकुटी शान्तिकुञ्जमा ट्राफिक व्यवस्थापन सम्वन्धि अभ्यास गरेका थिए।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार