बोटलर्स नेपालमा २ जना सञ्चालक नियुक्त

काठमाडौं । बोटलर्स नेपाल लिमिटेडको सञ्चालक परिवर्तन भएको छ । कम्पनीको सञ्चालकमा गुञ्जन धवन र सालिनी रातवाट्टे नियुक्त भएका छन् । कम्पनीको असोज २ गते बसेको सञ्चालक समितिको बैठकले उनीहरूलाई बोर्ड सञ्चालक नियुक्त गरेको हो ।

धवनलाई यसअघिका सञ्चालक मोहित विनोदकुमार बुदबार र रातबाट्टेलाई सुनैना विजयकुमारको स्थानमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

दुवै जना सञ्चालक भारतीय नागरिक हुन् । धवन सन् २०१६ देखि बोटलर्स नेपाल तराईको सञ्चालकमा कार्यरत छन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार