महँगियो सुन, हालसम्मको उच्च विन्दुमा पुग्यो

Garima_Business-Loan3

काठमाडौं । आइतबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रति तोला एक लाख ५८ हजार ८०० रुपैयाँ पुगेको छ ।

यो हालसम्मको सुनको उच्च मूल्य हो । यस अघि गत सोमबार भदौ ३१ गते सुन सबैभन्दा महँगो मूल्यमा पुगेको थियो । उक्त दिन छापावाल सुन प्रति तोला एक लाख ५७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो एक सातामा छापावाल सुन प्रति तोला एक हजार ५०० रुपैयाँले बढेको छ ।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रति तोला एक हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रति तोला एक हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार