काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडका दुई वटा फण्डले प्रतिफल दिने भएको छ । लिमिटेडका एनएमबि फिफ्टीले १५ प्रतिशत र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ ले १० प्रतिशत (कर सहित) प्रतिफल दिने निर्णय गरेको छ ।
गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट उक्त प्रतिफल दिन लागिएको हो ।
प्रतिफल दिनका लागि आगामी शुक्रबार इकाईधनी दर्ता किताब बन्द गरिने समेत बताइएको छ । असोज २ गते बसेको १५० औं बैठकले प्रतिफल दिने निर्णय गरेको बताइएको छ ।