अर्थमन्त्रीको अवलोकन पछि शेयर बजारको अनौठो रुप, नेप्से सूचक बढ्यो कारोबार रकम घट्यो

Garima_Business-Loan3

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेले बुधबार शेयर बजारको विषयमा बुझनका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कार्यालय पुगेका थिए । मन्त्री पौडेलले नेप्सेको घटबढ लगायतका सम्पूर्ण विषयमा बुझेका थिए भने उनको भ्रमणसँगै शेयर बजार सुधार हुदै जाने अपेक्षा लगानीकर्ताहरुले गरेका थिए तर आइतबारको बजार पूर्ण रुपमा सकारात्मक हुन सकेन ।
साताको पहिलो दिन नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घट्यो । आइतबार नेप्से परिसूचक ११.५८ अंकले बढेर २५८८.३५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.५० अंकले बढेर ४६३.४३ विन्दुमा पुगेर बन्द भएको हो ।

बुधबारको तुलनामा आइतबार कारोबार रकममा भने ५७ करोड ६२ लाख ४६ हजार रुपैयाँले कमी आएको छ । आइतबार ३२५ वटा कम्पनीको ५ अर्ब ९ करोड २९ लाख ४८ हजार रुपैयाँ बराबर कारोबार भएको छ । बुधबार ५ अर्ब ६६ करोड ९१ लाख ९४ हजार रुपैयाँ कारोबार रकम रहेको थियो ।
आइतबार १३८ वटा कम्पनीको शेयर मूल्य बढ्दा ९४ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १२ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

आइतबार ८ वटा समूहको शेयर मूल्य बढ्दा बाँकी ५ वटा समूहको शेयर मूल्य घटेको छ । बैकिङ १५, विकास बैंक ३४, जलविद्युत १०, लगानी ०.६५, जीवन बीमा ३१, निर्जीवन बीमा ६२, व्यापार ३ र अन्य समूह १८ अंकले बढ्दा वित्त ५, होटल र पर्यटन ४०, उत्पादन र प्रशोधन १४, लघुवित्त ९ र म्युअुचल फण्ड ०.०२ प्रतिशतले घटेको छ ।

आइतबार सबैभन्दा बढी कारोबार हुनेमा सीइडीबी हाइड्रोपावार, एनएलजी इन्स्योरेन्स कम्पनी , नेपाल फाइनान्स, हिमालयन रिइस्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड रह्यो । सीइडीबी हाइड्रोपावारको २७ करोड ८० लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्स कम्पनीको १४ करोड ६९ लाख रुपैयाँ , नेपाल फाइनान्सको १२ करोड ९७ लाख रुपैयाँ, हिमालयन रिइस्योरेन्सको १२ करोड ९४ लाख रुपैयाँ र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको १० करोड २० लाख रुपैयाँ बराबर करोबार भयो ।

मन्त्री पौडेलेका नेप्से भ्रमणले शेयर बजारमा सुधार आउछ भन्ने अपेक्षा राखेको थिए तर आएन जसले गर्दा लगानी जोखिमको अवस्था कायम रहेको छ एक लगानीकर्ताले भने । मन्त्रीले शेयर बजारको चासो लिए पश्चयात त्यसलाई बजारलाई सकारात्मक प्रभाव पार्ला भर्ने आफनो विश्वस रहेको थियो तर त्यसो नहुदाँ शेयर बजार भनेको जोखिम मोल्ने ठाँउ मात्र भयो ती लगानीकर्ताले भने , नेपालको शेयर बजार अनौठो रहेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार