दुई महिना पछि सुदूरपश्चिमको बजेट बहुमतले पारित

Garima_Business-Loan3

काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाबाट आर्थिक वर्ष २०८१/८२ को बजेट बहुमतले पारित भएको छ। आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले गत भदौ ३१ गते प्रदेशसभामा ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट पेश गरेका थिए।

छलफलमा रहेको बजेट आइतबार बहुमतले पारित भएको हो। प्रस्तुत गरिएको दुई महिना पछि बजेट पास भएको हो ।

तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा परेपछि असार १ गते संसदमा प्रस्तुत भएको बजेट पास हुन नसकेपछि साउन १ गतेदेखि सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था आएको थियो।

बजेट पास नभएपछि प्रदेश सरकारले उठाउने यातायात कर, लिखित पाससम्बन्धी कर, स्थानीय तहहरूले लिने मनोरञ्जन करलगायतको कर संकलन कार्य शून्य भएको थियो। यसले गर्दा प्रदेश सरकारले दैनिक एक करोड राजश्व घाटा व्यहोर्दै आएको थियो।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार