सिन्धु विकास बैंकको सीईओमा जागिर खुल्यो

Garima_Business-Loan3

काठमाडौं । सिन्धु विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि दरखास्त आह्वान गरेको छ।

बैंकले दोस्रो पटक एक सूचना जारी गर्दै सीईओ माग गरेको हो। ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले ७ दिनभित्र आवेदन दिन सक्नेछन् ।

आवेदनका साथमा उम्मेदवारको पूर्ण बायोडाटा, शैक्षिक प्रमाणपत्र, लब्धांकपत्रको प्रतिलिपि तथा अपराधिक पृष्ठभूमि नदेखिएको प्रहरी प्रतिवेदन समावेश गर्नुपर्ने बैंकले जनाएको छ ।

आवेदकले क वर्गको बैंक तथा वित्तीय संस्थामा सहायक महाप्रबन्धक वा सोभन्दा माथिको पदमा कम्पतीमा ३ वर्ष काम गरेको वा ख वर्गको राष्ट्रिय स्तरको विकास बैंकमा सहायक महाप्रबन्धक वा सोभन्दा माथिको पदमा कम्तीमा ५ वर्ष काम गरेको वा ख वर्गको जिल्ला/प्रदेश स्तरको विकास बैंक वा वित्त कम्पनीमा सहायक महाप्रबन्ध वा सोभन्दा माथिको पदमा कम्तीमा ७ वर्ष काम गरेका अनुभव हुनु पर्नेछ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार