क्यानडामा नेपाल दिवस

Garima_Business-Loan3

काठमाडौं । क्यानडाको अल्वर्टा प्रान्तको क्यालगरी शहरमा नेपालको संविधान जारी भएको सेप्टेम्बर १९ मा नेपाल दिवस मनाइएको छ । इतिहास मै पहिलो पटक क्यालगरी महानगरपालिकाको प्रांगणमा नेपाली झण्डा फहराइयो । अल्बर्टा नेपाल च्याम्बर अफ कमर्स को मुख्य संयोजकत्व र स्थानीय सामुदायिक संस्थाहरु एनसीएससी, सीएनसीए एवं गैरआवासिय नेपाली संघ क्यानडा समेत मुख्य आयोजक र क्यालगरी स्थित अन्य स्थानीय संस्थाहरु समेतको संयुक्त आयोजना र सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा ज्येष्ठ नागरिकहरु, स्थानीय र प्रान्तीय सरकारका प्रतिनिधि हरु र नेपाली जन समुदाय को उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाली सांगितिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो।

कार्यक्रममा आगन्तुकहरुलाई समारोह आयोजक समितीका अध्यक्ष ध्रुव राईले स्वागत गरेका थिए । च्याम्बरका अध्यक्ष समीर पाण्डेले च्याम्बरले सबैसंग समन्वय गरेर यो कार्यक्रम आयोजना गरेको र भविष्यमा पनि च्याम्बरले समूदायमा समन्वय गरेर अघि बढ्ने बताए । र आगन्तुक सबैलाई धन्यवाद ज्ञापन गरे ।

एनसीएससीका अध्यक्ष प्रकाश बस्याल र सीएनसीएका तर्फबाट विनोद केसीले नेपाल दिवसको शुभकामना दिए । गैर आवासीय नेपाली संघ क्यानडाका अध्यक्ष माधव दुलालले मन्तब्य राखेका थिए ।

च्याम्बरका उपाध्यक्ष दिवस ढकालले नेपालको झण्डाको सांकेतिक महत्त्व र महिमा बारे मन्तब्य राखेका थिए । कार्यक्रममा अल्बर्टा प्रान्तका इमिग्रेसन तथा मल्टीकल्चरल मन्त्री मोहम्मद यासीन, वडा नं ५ काउन्सीलर राज धालीवाल तथा अल्बर्टा सरकार प्रमुखका प्रतिनिधि ह्याप्पी मानले नेपाल दिवसको शुभकामना दिए । कार्यक्रमको संचालन एनसीएससीका सचिव तथा च्याम्बरका सदस्य घनेन्द्र न्यौपानेले गरेका थिए ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार