इना सेन्टरले भित्र्यायो दुबईको प्रसिद्ध अल हरमेन परफ्युम

Garima_Business-Loan3

काठमाडौं । नेपाली बजारमा ब्रान्डेड परफ्युम बिक्री गर्दै आएको इना सेन्टरले दुबईको प्रसिद्ध अल हरमेन परफ्युम पनि भित्र्याएको छ । युनाइटेड अरब इमिरेट्सको दुबईमा तयार हुने अल हरमेन परफ्युम विश्व बजारमै लोकप्रिय छ । नेपालका परफ्युम पारखीहरुलाई लक्षित गर्दै इना सेन्टरले अल हरमेन नेपाली बजारमा उपलब्ध गराइएको जनाएको छ ।

काठमाडौंमा हालै आयोजित एक भव्य समारोहमा इन्टरनेशनल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले अल हरमेन परफ्युम नेपाली बजार प्रवेशको शुभारम्भ गरेका छन् । राजनीतिक तथा सामाजिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरु सहभागी रहेको कार्यक्रममा फिल्मी क्षेत्रका सेलिब्रेटीहरूसहित प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति थियो ।

इना सेन्टरको अल हरमेन पफ्युम्ससँगको सफल साझेदारीले नेपाली बजारमा उच्च गुणस्तरका अन्तर्राष्ट्रिय ब्रान्डहरू ल्याउने आफ्नो प्रतिवद्धतालाई पुन प्रमाणित गरेको यसका प्रबन्ध निर्देशक उद्धव बर्तौलाले बताए ।

”हामी पहिलो पटक युएईको सबैभन्दा प्रतिष्ठित परफ्युम ब्रान्ड अल हरमेन नेपालमा ल्याउन पाउँदा अत्यन्तै गौरवान्वित छौं,” बर्तौलाले भने, ”अल हरमेनले उत्कृष्ट सुगन्धका लागि बेन्चमार्क सेट गरेको छ र हामी विश्वस्त छौं कि नेपाली उपभोक्ता र सुगन्ध प्रेमीहरूले पहिलेका ब्रान्डजस्तै यसलाई पनि मन पराउनु हुनेछ ।”

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार