११ अर्बले बढ्यो बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजी

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजी ११ अर्ब रुपैयाँ भन्दा बढीले बढेको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनसम्म बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पूँजी ४ खर्ब ३६ अर्ब ४० करोड ८० लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ११ अर्ब २८ करोड ८० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पूँजी ४ खर्ब २५ अर्ब १२ करोड रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको साउनसम्म सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकको चुक्ता पूँजी ३ खर्ब ७९ अर्ब २ करोड रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ९ अर्ब १६ करोड ३० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको साउनसम्म वाणिज्य बैंकहरुको चुक्ता पूँजी ३ खर्ब ६९ अर्ब ८५ करोड ७० लाख रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको साउनसम्म सञ्चालनमा रहेका १७ वटा विकास बैंकको चुक्ता पूँजी ४२ अर्ब १७ करोड १० लाख करोड रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १ अर्ब ९६ करोड ४० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको साउनसम्म विकास बैंकहरुको चुक्ता पूँजी ४० अर्ब २० करोड ७० लाख रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको साउनसम्म सञ्चालनमा रहेका १७ वटा वित्त कम्पनीहरुको चुक्ता पूँजी १५ अर्ब २१ करोड ७० लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ९ अर्ब १६ करोड १० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको साउनसम्म वाणिज्य बैंकहरुको चुक्ता पूँजी १५ अर्ब ५ करोड ६० लाख रुपैयाँ रहेको थियो । राष्ट्र बैंकका अनुुसार पछिल्लो समय ६ हजार ४८६ वटा बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप, कर्जा प्रवाह लगायतका सुविधाहरु प्रदान गर्दै आएको कारणले गर्दा चुक्ता पूँजी रकममा घटबढ देखिएको हो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार