कुमारी बैंक भयो एकैपटक दुई विधामा सम्मानित

काठमाडौं । २०८१ असोज ४ मा बिजा इन्टरनेशनल द्वारा “लिडरसिप कन्क्लेभ नेपाल २०२४”  सम्मेलनको आयोजना भएकोमा । आयोजित लिडर्स कन्क्लेभ  सम्मेलनमा भिजा इन्टरनेशनल द्वारा  कुमारी बैंकलाई दुई बिधामा सम्मान गरेको छ । बैङ्कको सम्मानित बिधामा   “एक्सलेन्स इन कस्टुमर क्रेडिट कार्ड बिजनेश” र “एक्सलेन्स न क्रस- बोर्डर बिजनेश ” रहेका छन् ।

आफ्नो स्थापनाकाल देखि नै बैंकिङ्ग सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

 

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार