सुन तोलाको १ लाख ५९ हजार

Garima_Business-Loan3

काठमाडौं । नेपाली बजारमा मंगलबार लागि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको हो ।

महासंघका अनुसार सोमबार लागि छापावाला सुन प्रतितोला १ लाख ५९ हजार २०० रुपैयाँ तोकिएको छ । छापावाला सुन आइतबार भने १ लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय बजारमा कायम मूल्यको आधारमा सुनको मूल्य निर्धारण गर्छ । राष्ट्र बैंकले तोकेको मूल्यका आधारमा महासंघले नेपाली बजारमा सुनको मूल्य कायम गर्ने हो ।

सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ६ सय ३०.९९ डलरमा कारोबार भइरहेको छ । जुन पछिल्लो ६ महिनामा करिब ४ सय ५० डलर अर्थात् २०.६३ प्रतिशतले बढेको छ ।

यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबारका लागि चाँदी प्रतितोला १ हजार ९२० रुपैयाँ तोकिएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार