युनिलिभरद्धारा शेयरधनीलाई शेयर अभौतीकरण गरी बैंक खाता अद्यावधिक गर्न आग्रह

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडको शेयर अभौतिकिकरण गरी बैंक खाता अद्यावधिक गर्न आग्रह गरिएको छ । कम्पनीको शेयर रजिष्ट्रार एलएस क्यापिटलले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।

गत वर्षजस्तै यस वर्ष पनि कम्पनीको लाभांश शेयरधनीहरूको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा इन्टर बैंक पेमेन्ट सिस्टम (आईपीएस) मार्फत सिधै रकम भुक्तानी गर्ने भएको हुँदा क्यापिटलले यस्तो आग्रह गरेको हो ।
क्यापिटलले शेयर अभौतिकीकरण गरी हितग्राही खाता खोलीसकेका शेयरधनीलाई, आफ्नो हितग्राही खातामा बैंक खाता उल्लेख गरी अद्यावधिक गर्न आग्रह गरेको छ ।

कम्पनीले हालसम्म आफ्नो नाममा भौतिक रूपमा शेयर धारण गरेका शेयरधनिहरूले आफ्नो हितग्राही खाता खोली आफ्नो शेयर अभौतिकीकरण गराउन समेत आग्रह गरेको छ ।

शेयरधनीहरूले शेयर अभौतिकीकरण गरी हितग्राही खाता खोले पश्चात मात्र लाभांश रकम प्राप्त हुने हुँदा हितग्राही खाता नभएका शेयरधनीहरूले कमलपोखरीमा रहेको शेयर रजिष्ट्रार लक्ष्मी सनराईज क्यापिटल वा अन्य कुनैपनि निक्षेप सदस्यमा हितग्राही खाता खोल्न सक्नेछन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार