हुलास फिनसर्भ हायर पर्चेजको आईपीओ निष्कासन प्रक्रिया शुरु , बिक्री प्रबन्धमा एनएमबि क्यापिटल

काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेजले आईपीओ निष्कासन गर्ने प्रक्रिया शुरु गरेको छ । कम्पनीले सो कार्यका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ ।

कम्पनीले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्कासनमार्फत २० लाख ७५ हजार कित्ता साधारण शेयर निष्कासन गर्ने भएको छ । उक्त साधारण शेयर निष्कासन गर्ने सम्बन्धी कार्यको लागि कम्पनीले एनएमबि क्यापिटललाई धित्तोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

आइतवार आयोजित कार्यक्रममा कम्पनीका तर्फबाट अध्यक्ष शेखर गोल्छा तथा एनएमबि क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
अब कम्पनीले आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएर स्वीकृती पाएपछि मात्रै आईपीओ निष्कासन गर्नेछ ।

यस कम्पनी नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेको गैर–बैंकिङ्ग वित्तीय कम्पनी हो । कम्पनीले सन् २०१२ देखि ग्राहकहरुलाई हायर पर्चेज सेवा प्रदान गर्दै आइरहेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार