इन्फिनिटी लघुवित्तको ६७ हजारभन्दा बढी संस्थापक शेयर विक्रीमा

Garima_Business-Loan3

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले ६७ हजार ८८७ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी ३० हजार कित्ता र अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी ३७ हजार ८८७ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो ।

सर्वसाधारणले खरीद गर्न पाउने गरी विक्रीमा आएको ३७ हजारभन्दा बढी कित्ता शेयर यस अघि साउन २७ गते विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको थियो । सो अवधिमा विक्री हुन नसकेपछि दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्रीमा ल्याएको हो । सर्वसाधारणमा विक्रीमा ल्याइएको यी शेयर खरीदकर्ताहरूले आगामी १५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ ।

विद्यमान संस्थापक शेयरधनीहरूले भने आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । आवेदन कम्पनीको केन्द्रिय कार्यालय गैंडाकोट, नवरपरासीमा पेश गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ । विद्यमान संस्थापक शेयरधनीहरूमा विक्री खुला गरिएको शेयर ३५ दिनभित्र विक्री हुन नसकेमा अन्य व्यक्ति तथा संस्थामा विक्री प्रक्रिया अघि बढाईने जानकारी कम्पनीले दिएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार