आज ५ अर्बको ट्रेजरी बिल बोलकबोल गरिने

काठमाडौं । सोमबार सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सोमबार ९१ दिन अवधिको ५ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी बिल बोलकबोल गर्न लागेको जानकारी दिएको छ । बोलकबोल आज दिउँसो ३ बजेसम्म अनलाइन माध्यमबाट गरिने भएको छ। सोमबार बोलकबोल हुने ट्रेजरी बिल भने मङ्गलवार मात्रै निष्कासन हुने भएको छ ।

बैंक वित्तीय संस्थामा लगानी योग्य पुँजी पर्याप्त भएपछि ट्रेजरी बिलको ब्याजदरमा समेत गिरावट आएको हो । अहिले सबै प्रकारका ट्रेजरी बिलको ब्याजदर ३ प्रतिशत भन्दा तल नै रहेको छ । चालु आर्थिक वर्ष सुरु भए यता सरकारले नयाँ ट्रेजरी बिलको बोलकबोल मार्फत २५ अर्ब आन्तरिक ऋण उठाइसकेको छ।

बैंकमा अधिक तरलता थुप्रिएपछि सरकारी ऋणपत्रको ब्याजदरमा समेत गिरावट आएको हो। वित्तीय प्रणालीमा अधिक तरलता र ब्याजदर कम भएसँगै सरकारले आन्तरिक ऋण उठाउने क्रमलाई तीव्रता दिएको कार्यालयका उपसचिव प्रकाश पुडासैनीले जानकारी दिए ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार