५६ करोडले बढेको शेयर बजारमा यी हुन् २० उच्च कारोबार हुने कम्पनी

Garima_Business-Loan3

काठमाडौं । साताको दोस्रो दिन शेयर बजारमा नेप्से परिसूचक घट्दा कारोबार रकम भने बढेको छ । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक ५९.०२ अंकले घटेर २५२९.३३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९.०१ अंकले घटेर ४५४.४१ विन्दुमा पुगेर बन्द भएको छ ।

आइतबारको तुलनामा सोमबार कारोबार रकम भने ५६ करोड ७३ लाख ५४ हजार रुपैयाँ बढी रहेको छ । सोमबार ३२९ वटा कम्पनीको ५ अर्ब ६६ करोड ३ लाख २ हजार रुपैयाँ कारोबार रकम रहेको छ । आइतबार ५ अर्ब ९ करोड २९ लाख ४८ हजार रुपैयाँ कारोबार रकम रहेको थियो ।

सोमबार सबैभन्दा बढी कारोबार हुनेमा नेपाल फाइनान्स, सीइडीबी हाइड्रोपावार, हिमालयन रिइन्स्यारेन्स, अपि पावर कम्पनी र सानिमा माइ हाइड्रोपावर रह्यो । नेपाल फाइनान्सको २१ करोड १३ लाख रुपैयाँ, सीइडीबी हाइड्रोपावारको १३ करोड ३९ लाख रुपैयाँ, हिमालयन रिइन्स्यारेन्सको १२ करोड ५२ लाख रुपैयाँ, अपि पावर कम्पनीको ११ करोड ७७ लाख रुपैयाँ र सानिमा माइ हाइड्रोपावरको ११ करोड ६२ लाख रुपैयाँ बराबर करोबार भएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार