छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्ने आदेश

पोखरा । सहकारी अपचलनको आरोपमा पक्राउ परेका पूर्व डीआइजी र गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक छविलाल जोशीलाई प्रहरीले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने आदेश दिएको छ ।

सोमबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले हिरासतमै राखेर अनुसन्धान गर्न ५ दिनको म्याद थप गरेको हो । काठमाडौंमा आइतबार पक्राउ परेका उनलाई सोमबार जिल्ला अदालत कास्कीमा उपस्थित गराएर अनुसन्धानका लागि म्याद थप गरिएको हो ।

जोशीमाथि विभिन्न पाँच सहकारी संस्थाबाट ६५ करोड रुपैयाँभन्दा बढीको रकम गोर्खा मिडियामा लगेर दुरुपयोग गरेको आरोप लागेको छ । यसकै आधारमा उनलाई काठमाडौंबाट पक्राउ गरी आइतबार पोखरा ल्याइएको थियो ।

सहकारी संस्थाको बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिले अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, कोषाध्यक्ष कुमार रम्तेल, तत्कालीन सञ्चालक जोशी र प्रबन्ध निर्देशक रवि लामिछानेलाई कानुनी कारबाही सिफारिस गरेपछि जोशी पक्राउ परेका थिए । माघ २२ मा सूर्यदर्शन सहकारीका २२ जना पीडितले गोर्खा मिडियासहित १४ संस्थालाई विपक्षी बनाएर जाहेरी दिएका थिए, जसलाई प्रहरीले पुरक जाहेरीका रूपमा लिएको थियो ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार