एनआईसी एशिया क्यापिटलले इकाईधीनलाई ५० करोड ७५ लाख वितरण गर्यो

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित सामूहिक लगानी कोष योजनाहरुबाट आर्थिक वर्ष २०८०/०८१ मा ५० करोड ७५ लाख ५ हजार ५९ रुपैयाँ नगद प्रतिफल वितरण गरेको छ । उक्त प्रतिफल रकम एन आई सी एशिया डाइनामिक डेप्ट फण्डको हकमा सम्बन्धित इकाईधनीहरुलाई भदौ ९ गतेदेखि तथा बन्दमुखी योजानहरुको हकमा असोज ४ गतेदेखि उक्त प्रतिफल रकम सम्बन्धित इकाईधनीहरुको हितग्राही खातामा उल्लेखित बैंक तथा वित्तीय संस्थाको खातामा सोझै जम्मा/रकमान्तरण गर्न सुरु गरिएको क्यापिटलले जनाएको छ ।

आर्थिक वर्ष २०८०/०८१ मा प्रतिफल वितरण गरिएका योजनाहरुको विवरण :

साथै विभिन्न आर्थिक वर्षहरुमा एन आई सी एशिया ग्रोथ फण्ड, एन आई सी एशिया व्यालेन्सड् फण्ड र एन आई सी एशिया डाइनामिक डेप्ट फण्डले वितरण गरिएको प्रतिफल रकम बुझिलिन बाँकी भएका इकाईधनीहरुको विवरण तथा विविध कारणबश प्रतिफल जम्मा नभएका/फिर्ता भएका इकाईधनीहरुको विवरण फिर्ता तथा जम्मा नहुनुको कारण सहित एन आई सी एशिया क्यापिटलको वेभसाईटबाट प्राप्त गर्न सकिनेछ ।

नियमित रुपमा प्रतिफल वितरण गर्न सफल खुलामुखी योजना ”एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड” अन्तर्गत Systematic Investment Plan (SIP) तथा Systematic Withdrawal Plan (SWP) योजनाहरु समेत संचालन गरिरहेको र उक्त योजनामा अनलाईन मार्फत सहज रुपमा सहभागी हुन मिल्ने व्यवस्था मिलाइएको छ ।

साथै क्यापिटलले आर्थिक वर्ष २०८०।०८१ मा क्यापिटलको शेयरधनीलाई ५२.५३ प्रतिशत नगद लाभांश अर्थात रु.१० करोड ५० लाख भन्दा बढी र सामूहिक लगानी कोष योजनाहरुको इकाईधनीहरुलाई रु.५० करोड ७५ लाख भन्दा बढी प्रतिफल गरी जम्मा रु.६१ करोड २५ लाख भन्दा बढी रकम लाभांशको रुपमा वितरण गर्न सफल भएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार