कनेक्ट आइपियसबाट जहाज र बसको टिकट काट्दा पैसा फिर्ता आउने

काठमाडौं । आइपियस नेपालले चाडपर्वलाई लक्षित गरेर फ्लाइट तथा बस टिकटको भुक्तानी connectIPS बाट गर्दा आकर्षक “शुभ लाभ अफर” सार्वजनिक गरेकोछ   जस अन्तर्गत विभिन्न एयरलाइन्सको फ्लाइट तथा बस सेवाको टिकटको भुक्तानी connectIPS मार्फत गर्दा आकर्षक क्यासब्याक तथा छुट पाउन सकिन्छ । क्यासब्याक अफर बुद्ध एयर प्रा. कनेक्ट लि, श्री एयरलाइन्स प्रा.लि., यति एयरलाइन्स प्रा.लि. र बस सेवा ट्राभल एण्ड टुरको टिकट भुक्तानीमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

बुद्ध एयरको फ्लाइट खरिद गरेर कनेक्टआइपीएसबाट भुक्तानी गर्दा ग्राहकहरुले रु १०१ क्यासब्याक पाउन सक्नेछन् । त्यस्तै श्री एयरलाइन्सको फ्लाइट टिकटको भुक्तानी कनेक्टआइपीएसबाट गर्दा रु ५०१ क्यासब्याक प्राप्त गर्न सक्नेछन । साथै यति एयरलाइन्सको फ्लाइट टिकट भुक्तानीमा “YTCIPS” प्रोमो कोड प्रयोग गरेर रु २५० एयरलाइन्सको छुट संगै रु २५१ क्यासब्याक प्राप्त गर्न सकिन्छ । त्यस्तै बस सेवाबाट टिकट काटेर कनेक्टआइपीएस मार्फत भुक्तानी गर्ने पहिलो १००० ग्राहकहरुले रु ५१ क्यासब्याक प्राप्त गर्नेछन् । यी सबै अफरहरुमा प्रति बैंक खातामा एक पटक मात्र क्यासब्याक प्राप्त हुनेछ भने सो अफर असोज ५ गतेदेखि असोज १६ गतेसम्म उपलब्ध हुनेछ ।

connectIPS, बैंकका ग्राहकहरुका लागि फण्ड ट्रान्स्फर लगायत विभिन्न भुक्तानीहरु गर्नका निम्ती एक प्रमुख तथा सजिलो माध्यम हो । connectIPS को नेटवर्कमा ५२ वटा बैंक तथा वित्तीय संस्थाहरु रहेका छन् जसबाट ग्राहकहरुले वेब मार्फत प्रति कारोबार रु २० लाख सम्म र यसको मोबाइल एप मार्फत प्रति कारोबार २ लाख सम्मको विभिन्न भुक्तानी गर्न सकिन्छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार