CLI

नेपाल इन्भेष्टमेष्ट मेगा बैङ्कको  झण्डै २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेष्ट मेगा बैङ्कको  १९०६५९ कित्ता संस्थापक शेयर बिक्रीमा रहेको छ  ।  संस्थापक समूहको शेयर बिक्री गर्दा विद्यमान संस्थापक शेयरधनीहरुलाई नै पहिलो प्राथमिकता दिनुपर्ने र यसरी खरिद बिक्री हुन नसकेको अवस्थामा मात्र अन्य व्यक्ति वा संस्थालाई सो शेयर खरिद बिक्री गर्नुपर्ने कानूनी व्यवस्था बमोजिम पहिलो चरणमा  बैंकका बिध्यमान  संस्थापक शेयरधनीहरुले मात्र सो शेयर खरिद गर्न सक्नेछन् ।

शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले ३५ दिन भित्र के कति रकममा खरिद गर्ने हो सो समेत खुलाइ यस बैंकको शेयर शाखा लाजिम्पाट, काठमाण्डौमा निवेदन दिनु पर्नेछ  ।

सो म्याद भित्र विद्यमान संस्थापक शेयरधनीको निवेदन प्राप्त हुन नआएमा प्रचलित नियमानुसार अन्य व्यक्ति वा संस्थालाई उक्त शेयरहरु खरिद बिक्री गर्न आवश्यक कारवाही अघि बढाईने बैङ्कले जनाएको छ ।

 

Leave Your Comment

Related News