साल्ट ट्रेडिङको सहुलियत पसल सञ्चालनमा

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सोमबारदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनमा ल्याएको छ । दशैं, तिहार र छठ पर्व लक्षित बजार सुरु गरेको हो ।

विगत वर्षहरुमा जस्तै साल्ट ट्रेडिङले यो बर्ष पनि सहुलियत पसल सञ्चालन गरेको हो । कम्पनीका  अनुसार काठमाडौंमा ११ स्थान, उपत्याका बाहिर २२ स्थान र घुम्ती सेवा तीनवटा रहेको छ । उपत्यका र आसपासमा कालिमाटी, कोटेश्वर, सतुंगल, भक्तपुर, बनेपा, सिफल, कौशलटार, पाटन, बालाजु लगायत स्थानमा कम्पनीको सहुलियत बजार सञ्चालनमा छन्।

साल्ट ट्रेडिङले सञ्चालनमा ल्याएको पसलमा नुन प्रतिकिलो २ रुपैयाँ, चिनी प्रतिकिलो ५ रुपैयाँ, डिडिसीको घ्युमा लिटरमा १० रुपैयाँ, लङ्ग रेन र पाँच किलोको चामलमा १० रुपैयाँ र स्थानीय चामलहरूमा २५ देखि ३० रुपैयाँ बोरामा छुट दिइएको छ । साल्ट ट्रेडिङले मूल्यमा छुटसँगै गुणस्तरीय सामान उपलब्ध हुने बताइएको छ  ।

साल्ट ट्रेडिङले यो बर्ष खाध्य सामाग्रीका साथै इन्ड्रक्स चुल्लो, इन्ड्रक्स बेस प्रेसर कुकर, कराई, फाईप्यान लगायतका सामाग्री बिक्रि गर्न लागेको छ । यी सामाग्रीले जनताको जनजीवनमा केही सहज हुने र कार्वन उत्सजनमा कमी ल्याउन सहयोगी भुमिका हुने कम्पनीले बताएको छ

यस्तो छ मूल्यसूची

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार