रुरु जलविद्युत परियोजनाले सुम्निमा हाइड्रोपावरमा लगानी गर्ने

Garima_Business-Loan3

काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडले सुम्निमा हाइड्रो पावर कम्पनी प्रालिको शेयरमा ५१ प्रतिशत स्वामित्व कायम हुने गरी लगानी गर्ने निर्णय गरेको छ । कम्पनीको सञ्चालक समितिको असोज ७ गतेको बैठकमा उक्त निर्णय लिएको हो ।

सुम्निमा हाइड्रो पावर कम्पनीले भोजपुरमा प्रर्वद्धन गरिरहेको दुई जलविद्युत आयोजनाहरू – अपर पिखुवा खोला (४.९ मेगावाट) र पिखुवा पशुपति (४.१ मेगावाट) परियोजनामा रुरु जलविद्युत परियोजनाको बहुमत स्वामित्वमा लगानी हुने भएको छ ।

रुरु जलविद्युत परियोजनाले अन्य जलविद्युत कम्पनीहरूमा लगानी गर्ने नीतिअनुरुप यो कदम चालेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सिडीएस एण्ड क्लीयरिङ्ग लिमिटेड र विद्युत नियमन आयोगलाई यसबारे जानकारी गराउँदै आवश्यक सहयोगको लागि आग्रह गरेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार