नेपाली क्रिकेटका पुर्ब कप्तान पारस खड्का बिधुतिय गाडी दीपलको ब्राण्ड एम्बास्डर नियुक्त

काठमाडौं । नेपाली क्रिकेट टिमका  पुर्ब कप्तान तथा नेपाल क्रिकेट संघका सचिब  पारस खड्का चिनियाँ अटोमोबाइल ब्राण्ड दीपलको लागि नेपालमा ब्राण्ड एम्बास्डर नियुक्त भएका छन् । उनलाई दीपलको नेपालमा  ल्याएर आधिकारिक बिक्रेता बनेको  एमएडब्लू वृद्धि ब्राण्ड एम्बास्डर बनाएको हो । कम्पनीले आज एक समारोहका बीच ब्राण्ड एम्बेष्डर घोषणा गरेको हो । सो अबसरमा कम्पनी र उनका बीचमा सम्झौता हस्तान्तरण र गाडिको चाबी हस्तान्तरण गरेको थियो ।

उनी यसअघि यसअघि महिन्द्रासँग लामो सम्झौतामा रहेका पारस अब भने दीपल ब्राण्डसँग जोडिएका हुन् ।

उनलाई ब्राण्ड एम्वेष्डर नियुक्त गरिएको सार्वजनिक गर्न एमएडब्लू वृद्धिले आज गरेको एक कार्यक्रमा उनले  विगत दुई सातादेखि आँफुले दीपल एस-०७ एसयूभी चलाइरहेको रहेको,दीपल गाडीको लुक्स, फिचर र कम्र्फट मन परेको बताए  । उनले आफु बिधुतिय गाडी किन्न मनस्थिती बनाइरहेको बेलामा दीपलमा कुरा भएको पछि कुरा गर्दै जाँदा ब्राण्ड नै इन्डोर्स गरेर जाउँ भन्ने कुरा भयो । त्यसैले आजबाट कम्पनी र आँफू बीच साझेदारी सुरू भएको बताए ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार