नेपाल बैंकमा अनलाइन खाता खोलेर कारोबार नगर्ने बढे

काठमाडौं । नेपाल बैंकमा अनलाइन खाता खोलेर कारोबार नगर्नेको संख्या बढ्दो क्रममा देखिएको छ । ग्राहकलाई सुविधा प्रदान गर्न बैंकले अनलाइन मार्फत खाता खोल्न सकिने व्यवस्था ल्याएको थियो । तर अनलाइन मार्फत खाता खोलेर ग्राहकले कारोबार नगर्दा बैंकको चिन्ता बढेको छ ।

यस्तोमा बैंकको अनलाइन पोर्टल मार्फत खाता खोलि विगत ६ महिनादेखि कारोबार नगरी शून्य मौज्दात भएका ग्राहकलाई नजिकको शाखा कार्यालयमा सम्पर्क गरी कारोबार सुरु गर्न बैंकले अनुरोध गरेको छ ।

ग्राहकले कारोबार गरेर खाता सञ्चालन नगरिए बैंकको अनलाइन प्रणाली मार्फत खाता खोल्ने निर्देशिका २०७७ बमोजिम सो खाता स्वत बन्द हुने जानकारी गराएको छ । खाता बन्द हुनबाट बचाउनका लागि अविलम्ब आफ्नो नजिकको शाखा कार्यालयमा वा डिजिटल बैंकिङ मार्फत कारोबार गरी खाता सञ्चालनमा ल्याउन बैंकले अनुरोध गरेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार