४१० ले लिए हिमाल आरोहण अनुमति, साढे ४ करोड राजस्व संकलन

Garima_Business-Loan3

काठमाडौं । आगामी शरद ऋतु (अटम सिजन) का लागि हिमाल आरोहणका लागि अनुमति लिनेको संख्या बढी रहेको छ । यो सिजनका लागि हालसम्म ४१० आरोहीले अनुमति लिएका हुन् ।

पर्यटन विभागका अनुसार ४८ समूहका ३२० पुरुष र ९० जना महिलाले आरोहण अनुमति लिएका हुन् । जसबाट ४ करोड ६४ लाख ९४ हजार पाँच सय रोयल्टी उठेको छ ।

विभागका अनुसार  सबैभन्दा धेरै मनास्लु हिमाल आरोहण गर्नेहरू रहेका छन् । यस हिमाल आरोहणका लागि ८२ महिला र २२६ पुरुष गरी २८ आरोही समूहका ३०८ जनाले अनुमति लिएका छन् । जसबाट ३ करोड ७१ लाख ४३ हजार १४३ रोयल्टी उठेको छ ।

यस सिजनका लागि पुथा हिउँचुलीका लागि १६ जना, अन्नपूर्णका लागि ५ जना, थाकर गो स्टकका लागि ४ जना, धौलागिरिका लागि १४ जना र फुंगीका लागि ५ जनाले आरोहण अनुमति लिएका छन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार